सह–चालकका कारण बृद्धाको मृत्यू

Rolpaरोल्पा, २३ साउन । रोल्पा जिल्लामा बसको ठक्करबाट एकबृद्धाको मृत्यू भएको छ ।
मसिना–३ की ७० बर्षीया खगी गायनलाई रा १ ख ५०५ नम्बरको बसले मंगलबार ठक्कर दिँदा मृत्यू भएको प्रहरीले जनाएको छ ।
मसिना–५ मा रोकी राखेको बसलाई सह–चालकले अगाडि बढाउने क्रममा खगीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको थियो ।
बसले स्थानीय गुरुप्रसाद पुनको दुई तले घरमा समेत ठक्कर दिएको छ । बसको ठक्करबाट घर चर्किएको छ ।

प्रतिक्रिया