अलेक्सलाई २ सय ११ खेलमा प्रतिवन्ध

Sportन्यूर्योक । अमेरिकाका चर्चित बेसबल खेलाडी अलेक्स रोड्रिग्वेज लगायतका १२ जनालाई डोपिङ प्रकरणमा दोषी मान्दै २ सय ११ खेलको लागि प्रतिवन्ध लगाईएको छ ।

अमेरिकाकै सर्वाधिक महंगा बेसबल खेलाडी रोड्रिग्वेज डोपिङ परीक्षणमा असफल भएपछि उनलाई अहिलेसम्मकै ठूलो सजाय तोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

आफूमाथिका आरोप खण्डन गर्दै रोड्रिग्वेजले भने आफू निर्दोष रहेको र न्यायाका लागि लडिरहने बताए ।

अमेरिकामा ए रोडको उपनामले चिनिने रोड्रिग्वेजले विवादास्पद फ्लोरिडा क्लिनिकबाट प्रतिवन्धित शक्तिबर्धक औधषी प्रयोग गर्दै आएको आरोप छ ।

प्रतिक्रिया