थापाद्वारा कार्यसम्पादनमा छ सदस्य मनोनयन

Rppकाठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले कार्यसम्पादन समितिमा छ जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।
राप्रपा अध्यक्ष थापाले आज (सोमबार) विज्ञप्ति जारी गरेर छ जनालाई उच्चस्तरीय कार्य सम्पादन समितिमा मनोनयन गरेको जनाएका हुन् ।
समितिमा दीपक बोहरा, नवराज सुवेदी, बालाराम घर्ती मगर, हरिबहादुर बस्नेत, बुद्धिमान तामाङ र धु्रबबहादुर प्रधान मनोनित भएका छन् ।

प्रतिक्रिया