जंगली हात्तीको आक्रमणबाट मृत्यू

झापा, २८ असार । झापा जिल्लामा जंगली हात्तीको आक्रमणबाट एकजना बृद्धाको मृत्यू भएको छ ।
जंगली हात्तीको आक्रमणबाट आज (शुक्रबार) विहान करीव तीनबजे शान्तिनगर–१ का ६५ बर्षीय धनबहादुर राईको मृत्यू भएको प्रहरीले जनाएको छ ।
जंगली हात्ती गाउँ प्रवेश गरे पछि स्थानीय बासिन्दाहरुले हो–हल्ला गरेका थिए । घरमा सुतिरहेका राईलाई हात्तीले सुतेकै स्थानमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया