नेपाली सेनाद्वारा क्रिकेट टिम स्थापना

Nepal-Armyकाठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले क्रिकेट टिम स्थापना गरेको छ ।
१८ जना खेलाडीहरु सम्मिलित टिम स्थापना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । टिम राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ क्रिकेट प्रशिक्षक अरुणकुमार अर्यालको प्रशिक्षणमा रहने छ ।
निकट भविष्यमा नै क्रिकेट टिमलाई पूर्णता दिई विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराईने छ । राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय खेलमा विजयी हासिल गरिरहेका बेला नेपाली सेनाले पनि टिम बनाएको छ ।
विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा नेपाली सेनाका खेलाडीहरुले उच्च प्रदर्शन गर्दै आएका छन् । क्रिकेट टिमले पनि ईतिहासलाई कायम राख्दै खेल क्षेत्रमा नयाँ अध्याय थप्ने सेनाको विश्वास छ ।

प्रतिक्रिया