पारस र गंगादेवीलाई उपाधि

Kheladiकाठमाडौं । क्रिकेटर पारस खड्का पुरुष र कराँतेकी गंगादेवी अधिकारीले महिलामा पल्सर स्पोर्टस् अवार्ड–२०६९ को उपाधि जितेका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पारस र गंगा सो अवार्ड हातपारेका हुन् । क्रिकेटकै वसन्त रेग्मी, कराँतेका सुनील लामा, एथलेटिक्सका तिलकराम थार र फुटबलर भरत खवासलाई उनीहरुले पछि पारे ।
पारस २०६३ मा युवा वर्ष खेलाडी भएका थिए । गंगाले पौडीकी श्रेया धिताल, फुटबलकी जमुना गुरुङ, फुटबलकै अनु लामा र उसुकी झरना गुरुङलाई पछि पारिन् ।
उसुकी झरना गुरुङ लोकप्रिय खेलाडी बन्न सफल भइन् । भियतनाममा भएको आठौं एसियाली उसु च्याम्पियनसिपमा कांस्य जितेकी उनले उपाधि होडमा क्रिकेटका पारस, फुटबलका जगजित श्रेष्ठ, एथलेटिक्सकी केशरी चौधरी र पौडीका शिरीष गुरुङलाई पछि पारिन् ।
उसुकी चाहना बम्जन लामा उत्कृष्ट युवा खेलाडी भइन् । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दासानायके उत्कृष्ट प्रशिक्षक भए ।
पुरुष, महिला र लोकप्रिय खेलाडीले पल्सर मोटरसाइकल पाए भने अन्य विधाका विजेताले ५०–५० हजार रुपियाँ हात पारे ।

प्रतिक्रिया