लघुजलविद्युत् आयोजना अवरुद्ध

रोल्पा : विगत केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा रोल्पाको राङकोटस्थित एक लघु जलविद्युत् अवरुद्ध भएको छ । पहिरोले नहर भत्काउँदा राङकोट–९ स्थित चुनाबाङ खोलामा रहेको चुनबाङ खोला पिपलबोट लघु जलविद्युत् आयोजना मंगलबारदेखि अवरुद्ध भएको हो । विद्युत् अवरुद्ध हुँदा केही महिनाअघि मात्र बिजुलीको आनन्द लिन पाएका राङकोट गाविसका करिब चार सयभन्दा बढी घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत् सुचारु गर्नका लागि पहिरो हटाउने कार्य भइरहेको बताइएको छ । यद्यपी, ६/७ ठाउँमा पहिरोले नहर भत्काएका कारण पहिरो हटाउन करिब एक महिना समय लाग्न सक्ने आयोजनाका अध्यक्ष प्रबेश कुमार बूढाले बताएका छन् । सौस

प्रतिक्रिया