एसियाली इन्डोरमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं : दक्षिण कोरियाको इन्चियोनमा हुने चौथो एसियाली इन्डोर तथा मार्सल आर्ट गेम्समा सहभागी हुने नेपाली टोलीको मंगलबार बिदाइ गरियो । उक्त प्रतियोगितामा नेपालका सात खेलाडीले विभिन्न तीन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
बुद्धिचालमा सबैभन्दा बढी पा“च खेलाडी सहभागी हु“दैछन् । पौडी र मुवा थाइमा एक–एक खेलाडीले भाग लिनेछन् । बुद्धिचालमा सहभागी हुने खेलाडीमा मनीष हमाल, केशव श्रेष्ठ, प्रचण्डमान मालाकार, मोनालिसा खम्बु र विना जैसवाल छन् । ओलम्पियन श्रेया धिताले पौडी र नवराज भण्डारीले मुवा थाइमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको ‘सेभ दी मिसन’ नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ छन् । टोलीका अन्य सदस्यमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी (बुद्धिचाल टोली नेता), बलराम पुन (फिडे आर्विटर), राजु ताम्राकार (बुद्धिचाल व्यवस्थापक) तथा राजेश श्रेष्ठ (मुवा थाइ व्यवस्थापक) रहेका छन् । प्रतियोगिता जुन २९ देखि जुलाइ ७ तारिखसम्म सञ्चालन हुनेछ । टोली बुधबार आयोजनास्थल प्रस्थान गर्दैछ । (सौस)

प्रतिक्रिया