बंगुरका ९२ पाठापाठी बगायो

काठमाडौं, ११ असार । अविरल वर्षासँगै आएको भेलबाढीले काठमाडौंमा ९२ वटा बंगुरका पाठापाठी बगाएको छ ।
चपली भद्रकाली–८ स्थित भंगालको प्लटिङ्बाट आएको भेलबाढीले आज (मंगलबार) साढे दश बजे महाँकाल–३ मा बंगुरका पाठापाठी बगाएको प्रहरीले जनाएको छ ।
पञ्चीदेवी मगरसहित १८ जनाले सो स्थानमा सञ्चालन गरेको बंगुर फर्ममा बाढी पसेको थियो ।
बाढीले कुखुरा पनि बगाएको छ । कुखुरा ४ सय २ वटा बगाएको थियो । बाढीले करीव ३ लाख ९६ हजार बराबरको क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया