सरकारले चुनाव गराएरै छोड्छ :मन्त्री श्रेष्ठ

बर्दिया, ८ असार । शान्ति तथा पुर्नर्नर्माण मन्त्री रामकुमार श्रेष्ठले आगामी मंसिर ४ गते जुनसुकै हालतमा पनि संविधानसभाको चुनाव हुने दावी गरेका छन् ।
स्थानीय शान्ति समिति बर्दियाले आज (शनिबार) गुलरियामा गरेको शान्ति प्रक्रियाका समस्या समाधान र चूनौती विषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चुनावका बारेमा आशंका नगर्न आग्रह गरे । उनले वर्तमान सरकार चुनावी प्रक्रियाका लागि नै गठन गरिएको हुँदा यस सरकारले चुनाव सम्पन्न गराएरै छाड्ने स्पष्ट पारे । संविधान सभाको चुनाव बहिष्कार गर्ने बताउदै आएका नेकपा–माओवादी सहितका दलहरु प्रति लक्षित गर्दै उनले भने, ‘जसले चुनाव गराएपनि विधि र विधान बमोजिम गराउने भएको हुँदा तपाईहरु ढुक्कले चुनावमा भाग लिनुहोस् ।’ मन्त्री श्रेष्ठले सबै दलहरुलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै आफ्नो (सरकार) का लागि सबै दलहरु समान रहेको बताए । ‘भात जसले पकाओस त्यो शुद्द र मिठो हुनुपर्छ’ भन्दै चुनाव गराउने सरकारको नेतृत्व कसले गरेको छ भन्ने कुरा नहेर्न असन्तुष्ट दलहरुलाई आग्रह गरे ।
यस्तै मन्त्री श्रेष्ठले आयोग बनाएर द्वन्द्वकालीन सबै समस्याहरुको हल गरिने बताए । द्वन्द्व पीडितका परिवारको आर्थिक उपार्जन  र उनीहरुका बालबालिकाको लागि उच्च शिक्षासम्मको  अध्ययनको व्यवस्था मिलाउने पनि बताए ।

प्रतिक्रिया