कान्तिपुर र पिजे क्लबको जित

PJ-Club-Vs-Arthik-Aviyan-35काठमाडौं : कान्तिपुर र पिजे क्लबले छैटौँ भर्जिन मिडिया कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । लगनखेलस्थित बुद्धिविकास खेल मैदानमा भएको पहिलो खेलमा कान्तिपुरले रेडियो नेपाललाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । कान्तिपुरका दिपेश राउतले ४ गोल गरे । उनी ‘म्यान अफ द म्याच’ घोषित भए । विपिन खड्का र समिर तामाङले १–१ गोल थपे ।
नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा पिजे क्लबले आर्थिक अभियान दैनिकमाथि २–१ को कठिन जित रच्यो । विजेताका तर्फबाट दुवै गोल बुद्ध कुटुले गरे । आर्थिकका प्रदीप अधिकारीले सान्त्वना गोल फर्काए । (सौस)

प्रतिक्रिया