मन्त्रिपरिषद् अध्यक्षद्वारा दलका नेतासित छलफल

काठमाडौं, ६ असार । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रगतिशील लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध विभिन्न अठार राजनीतिक दलका प्रतिनिधिसित भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा रेग्मीले आगामी ४ मंसिरमा गर्ने गरी सरकारले चुनावको मिति घोषणा गरेको र घोषित मितिमा चुनाव गराउने कार्यमा सक्रिय सहयोग गर्न आग्रह गरेका छन् । भेटमा सहभागी दलका प्रतिनिधिले संविधानसभा निर्वाचन सुनिश्चित गर्नका लागि दलका प्रतिनिधिले निर्वाचनमैत्री वातावरण निर्माण गर्न, निर्वाचनमा आधिकारिक जनसहभागिता सुनिश्चित गर्न माग गरेका थिए ।
उनीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
दलका प्रतिनिधिको धारणा सुनेपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आफू निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र निर्वाचनमा अधिकाधिक सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका थिए । उनले निर्वाचनमैत्री वातावरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न ती दललाई आग्रह गरेका अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताए ।

प्रतिक्रिया