‘कुरा गुम्स्याउनेलाई क्यान्सरको जोखिम बढी’

काठमाडौं : नेपाल अर्बुद निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ले मनमा कुरा गुम्स्याउनेलाई क्यान्सरको सम्भावना बढी हुने बताएका छन् । साँखु जेसिजले महादेवस्थानमा शनिबार आयोजना गरेको स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षणमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । श्रेष्ठले महिलामा आफूलाई लागेको कुरा बाहिर ल्याउने बानी नहुँदा रोग बल्झने गरेको सुनाए । संस्थाका काठमाडौं सभापति अजयसिंह सुवालले सुर्तीजन्य पदार्थको सेवन प्राणघातक रोगको एक प्रमुख कारकका रूपमा रहेको उल्लेख गर्दै त्यसविरुद्ध लाग्न आह्वान गरे । (सौस)

प्रतिक्रिया