साइपाल बास्केटबलमा ९५ टिम

काठमाडौं : साइपाल थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा ९५ टिमले सहभागिता जनाउने भएका छन् । साइपाल एकेडेमीको आयोजनामा प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा ६३ टिम सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा साइपालका बास्केटबल प्रशिक्षक एवं प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जानकारी गराए ।
प्रतियोगितामा पहिलो हुने टिमलाई ७५ प्रतिशत र दोस्रोलाई ५० प्रतिशत प्लस २ वा ए लेभल अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने साइपालका प्लस २ एवं ए लेभल निर्देशक समुज्ज्वल केसीले बताए । त्यस्तै, सहभागीलाई पनि २५ प्रतिशत छुट दिइने बताइएको छ । सबै मिलाएर ५ लाख रुपियाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइने साइपालका निर्देशक सुमन नगरकोटीले जानकारी दिए । साइपालद्वारा वैशाख २५ गतेदेखि सञ्चालित बास्केटबल क्याम्प र प्रतियोगितासहितको बजेट २ लाख रुपियाँ रहेको बताइएको छ । विजेतालाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सोमबारसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया