आत्महत्याको प्रयास

राजविराज : पतिसँगको विवादका कारण शनिबार राति सप्तरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाई आत्महत्याको प्रयास गरेकी छिन् । महुली घर भई राजविराज–७ बस्दै आएका प्रमोदकुमार चौधरीकी २४ वर्षीया श्रीमती रेखादेवीले आफ्नै शरीरमा आगो लगाएकी हुन् । घरायसी कारणले पतिपत्नीबीच विवाद भएपछि राति करिब साढे १० बजे रेखादेवीले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको जनाइएको छ । उनको शरीरको अगाडिको भाग पुरै जलेको प्रहरीले जनाएको छ । घाइते रेखालाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थपउपचारार्थ धरान रिफर गसरिएको छ । (सौस)

प्रतिक्रिया