विराटनगरमा आगामी पुसमा मैथिली चलचित्र महोत्सव हुने

विराटनगर, २७ जेठ । नेपाली चलचित्रको इतिहासमा पहिलोपटक आगामी पुसमा विराटनगरमा मैथिली चलचित्र महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २३ गते मैथिली चलचित्र महोत्वस आयोजना गरिने भएको हो ।

लामो समयदेखि नेपालमा मैथिली चलचित्र निर्माण तथा प्रदर्शन हुने गरे पनि पहिलोपटक विराटगरमा मैथिली चलचित्रको प्रचारप्रचार, विकास तथा उत्थानका लागि महोत्सवको आयोजना गर्ने लागिएको हो । प्रचारको अभावमा मैथिली चलचित्रको व्यावसायिक रूप लिन नसकेको भन्दै मधेस फिल्म डिभलोप्मेन्ट एसोसियन तथा गलोबल म्युजिक एन्ड म्युजिक कम्पनीले  संयुक्त रूपमा एक दिवसीय  मैथली चलचित्र महोत्सवको तैयारीमा जुटेको बताएका छन् ।
नेपालमा करिब दुई दर्जन मैथिली  चलचित्रको निर्माण भएको छ । जसमध्ये सुहागिन एक मात्र ठूलो पर्दामा आएको मैथिली चलचित्र हो । बाँकी सबै मैथिली चलचित्र डिजिटल प्रविधिबाट निर्माण गरिएको छ । महोत्सवमा सहभागी हुने चलचित्रका निर्मातालाई असार मसान्तभित्र महोत्सवको आयोजक संस्थामा चलचित्रको दर्ता गराउन पनि आयोजकले आग्रह गरेको छ । महोत्सवमा दर्ता गरिएको मैथिली चलचित्रलाई विभिन्न नौ विद्यामा मूल्यांकन गरी सम्मान तथा कदरपत्रले सम्मान गरिने आयोजक संस्था मधेस फिल्म डिभलोप्मेन्ट एसोसियनका उपाध्यक्ष कुन्दनकुमार मण्डलले जानकारी दिए ।
करिब १० लाखको लागतमा आयोजना हुने सो चलचित्र महोत्सवमा मैथली क्षेत्रमा योगदान पुयाउने अन्य विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्नुको साथै आर्थिकको अभावमा निर्माणधीन रहेको मैथिली फिल्मलाई पूरा गर्ने सहयोग गर्ने कोषसमेत खडा गरिने योजना बनाएको बताइएको छ । नेपाल चलचित्र विकास बोर्डका सदस्य तथा गायक रामानन्द मण्डलले नेपालीहरूले स्वदेशी चलचित्रलाई नहर्ने परिपाटीले व्यावसायिक रूप लिन नसकेको बताए  । महोत्सवमा नेपालमा कालाकार तथा भारतका मैथिली तथा भोजपुरी कालाकारको सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया