अन्नपूर्ण मैत्री बुद्धिचालमा शाश्वत च्याम्पियन

chess-finalकाठमाडौं : अन्नपूर्ण उच्च मावि, ज्याठाद्वारा आयोजित नवौ अन्नपूर्ण अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको छात्र यु १२ तर्फ त्रियोग हाइस्कुल, धापासीका शाश्वत पण्डित साढे ५ अंकका साथ प्रथम भए भने सरस्वती बोर्डिङ स्कुलका सुगम महर्जन दोस्रो र अन्नपूर्णका मिलन लामा तेस्रो भए । त्यस्तै, छात्र यु १४ मा समान ५ अंक भए पनि टाइब्रेकमा ग्रीनल्यान्ड स्कुल, धापासीका शुशान्त गौतम प्रथम, दीपज्योति स्कुल गोंगबुका विकास थोकर दोस्रा र ल्याब स्कुल कीर्तिपुरका विवेक श्रेष्ठ तेस्रा भए ।

तीन दिने प्रतियोगितामा छात्र यु १६ समूहमा अन्नपूर्णका विकेश जैसवाल र ख्वप्रिङ एकेडेमी भक्तपुरका राज प्रजापती समान साढे ५ अंकका साथ संयुक्त प्रथम भए भने ५ अंकका साथ स्वर्णिम स्कुल डल्लुका शेशन श्रेष्ठ तेस्रा भए । विभिन्न ३२ स्कुलका दुई सय २६ जना खेलाडी सहभागी रहेको आयोजक अन्नपूर्ण स्कुल साढे ३२ अंकका साथ उत्कृष्ट स्कुल हुन सफल रहे । (सौस) (सौस)

प्रतिक्रिया