चौँथो राष्ट्रिय बहिरा क्रिकेटमा ६ टोली

भैरहवा : भैरहवास्थित सिद्धार्थ रंगशालामा चौँथो राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा कास्की बहिरा राष्ट्रिय क्रिकेट संघले विजयी सुरुवात गरेको छ ।
बहिरा क्रिकेट संघको आयोजना र रूपन्देही बहिरा क्रिकेट संघको व्यवस्थापनमा सुरु भएको खेलमा रूपन्देही, विराटनगर, धरान, कास्की, नक्साल बहिरा संघ र काठमाडांै बहीरा संघ गरी ६ क्रिकेट टिमको सहभागिता रहेको छ । मंगलबार भएको खेलमा धरान बहिरा क्रिकेट टिमलाई २ विकेटले हराउँदै कास्की बहिरा राष्ट्रिय क्रिकेट संघले बिजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेको धरानले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ५ विकेटमा ६६ रन बनाएको थियो । (सौस)

प्रतिक्रिया