एलए कराते खेलाडी सम्मानित

kaकाठमाडौ:     विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई लिटिल एन्जल्स (एलए) स्कुलले आइतबार सम्मान गरेको छ ।
गत साता राजधानीमा सम्पन्न १९औं हाइस्कुल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण विजेता मनीषा रानाभाट र पुजन श्रेष्ठ, रजत विजेता सिद्धार्थ गोपाली, छोङ्वा शेर्पा, अस्मिता कार्की, सजनी शाक्य र युनिश महर्जन तथा कांस्य विजेता सीमा खड्का सम्मानित भए ।  एलएका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ र हरिशरण खड्कालाई पनि सम्मान गरिएको थियो ।
एलएका संस्थापक प्रिन्सिपल उमेश श्रेष्ठले उनीहरूलाई सम्मान गरे । सो अवसरमा गत महिना भारतको कोलकातामा भएको अन्तर्राष्ट्रिय खुला महिला करातेमा स्वर्ण जितेकी सीमा खड्का र रजत विजेता मनीषा रानाभाटलाई प्लस २ सम्म अध्ययन गर्न पूर्णछात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको प्रमुख प्रशिक्षक श्रेष्ठले जनाएका छन् । हाल मनीषा कक्षा ११ र सीमा कक्षा ८ मा अध्ययनरत छन् । (सौस)

प्रतिक्रिया