फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा

पेरिस, १९ जेठ । सर्वाधिक ग्रान्डस्लाम विजेताका कीर्तिमानधारी तथा विश्व नम्बर दुई रोजर फेडेरर वर्षको दोस्रो ग्रान्डस्लाम  टेनिस फ्रेन्च ओपनमा चौथो चरण प्रवेश गरेका छन् । १७ वटा ग्रान्डस्लाम विजेता यी स्विस स्टारले तेस्रो चरणमा घरेलु खेलाडी जेलिएन बेनेत्तेउलाई ६–३, ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । पछिल्लोपटक सन् २००९ मा यस प्रतियोगिता जितेका फेडेररले अब अर्का घरेलु खेलाडी गिलेस सिमोन्सस“ग प्रतिस्पर्धा गर्नेछन् । सिमोनले अमेरिकी साम क्वेर्रेलाई पा“च सेटमा हराएर अघिल्लो चरण यात्रा तय गरेका हुन् । फेडेररले यस वर्ष एउटा पनि उपाधि जित्न सकेका छैनन् ।
आङ्खनै देशका ¥यान ह्यारिसनलाई पा“च सेटमा हराएर अमेरिकाका जोन इस्नर तेस्रो चरण पुगे । १९औ“ वरीयताका यी खेलाडी पुरुष एकलतर्पm प्रतिस्पर्धामा रहेका एकमात्र अमेरिकन छन् । इस्नरले उत्कृष्ट पुनरागमन गर्दै शुक्रबार राति ह्यारिसनलाई ५–७, ६–७, ६–३, ६–१ र ८–६ ले पराजित गरे । १४आ“ै वरीयताका मिलोस राओनिकलाई ७–५, ७–६ र ६–३ ले हराउ“दै केभिन एन्डरसन सन् १९९६ पछि फ्रेन्च ओपनको चौथो चरणमा पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी बने । सन् १९६७ यता कुनै पनि दक्षिण अफ्रिकी खेलाडी यस प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुग्न सकेको छैन ।
पुरुष एकलतर्फ नै जापानका केइ निसिकोरी ७५ वर्षपछि फ्रेन्च ओपनमा चँैथो चरण प्रवेश गर्ने पहिलो जापानी खेलाडी बने । १३औ“ वरीयताप्राप्त निसिकोरीले तेस्रो चरणमा घरेलु खेलाडी बेनेइट पायरलाई ६–३, ६–७, ६–४ र ६–१ ले  पराजित गरे । यसअघि सन् १९३८ मा जापानका फुमितेरु नाकानो फ्रेन्च ओपनमा चौथो चरणसम्म पुगेका थिए ।

प्रतिक्रिया