विहे भोजमा हँसिया प्रहार

salyanसल्यान, १७ जेठ । सल्यान जिल्लामा विहे भोजमा हँसिया प्रहार गर्ने रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार हँसिया प्रहार गरेको अभियोगमा घाँजरी पिपल–३, काराकोटका बुढालाई प्रहरीले हँसियासहित पक्राउ गरेको जनाएको छ ।
बुढाले स्थानीय ईन्द्रबहादुर पुनलाई हँसिया प्रहार गरी गम्भीर घाईते बनाएका थिए ।
लालबहादुर कामीको घरमा विवाह भईरहेका समयमा बुढाले सामान्य विवाद पछि पुनलाई हँसिया प्रहार गरेका हुन् ।
हँसिया प्रहारबाट पुनको दाँया हात र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् । पुनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको छ ।

प्रतिक्रिया