प्रधानन्यायाधीशको राजीनामा माग्नुको औचित्य छैन– पौडेल

Ramchandra-Poudelकाठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा माग्नुलाई औचित्यहीन भनेका छन् । डा.राजेन्द्र केसीद्वारा लिखित ‘जीवनको पाठशाला (विचारः विकास र व्यवस्थापन)’ पुस्तक विमोचन कार्यक्रममा पौडेलले कुतर्कमा रुमल्लिनेभन्दा मंसिरमा चुनाव सम्पन्न गर्नेतर्फ लाग्न सबैलाई सुझाव दिए ।
आफ्नै पार्टी सभापति सुशील कोइरालाले अध्यक्ष रेग्मीले प्रधान्यायाधीशको पद त्याग्नुपर्ने अभिव्यक्ति दिईरहेका बेला उपभापति पौडेलले भने यसलाई औचित्यहीन भन्दै टिप्पणि गरेका हुन् । उनले भने, ‘सहमति अनुसार नै बहालवाला प्रधानन्यायाधीशलाई चुनाव गर्ने जिम्मा दिएकोले सहमति अनुसार दलहरु चल्नुपर्छ ।’
उनले चार दलीय संयन्त्रको बिघटन माग गर्नु जायज नभएको तर्क गरे । देशलाई निकास दिन संयन्त्र गठन गरिएकाले यसको विरोध गर्नुको कुनै तुक नरहेको पौडेलले जिकिर गरे ।

प्रतिक्रिया