सोभित स्कुल चेस च्याम्पियन

chess-souryadailyकाठमाडौ : आइजे पायोनियर इन्टरनेसनल स्कुल, कपनको आयोजनामा सञ्चालित दास्रो पायोनियर अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलका शोभित गौतमले जितेका छन् । उनले अन्तिम खेलमा आयोजक स्कुलका भुवन दाहाललाई हराउँदै  ५ अंक जोडे । त्यस्तै समान ५ अंक भए पनि टाइब्रेकमा आयोजक स्कुलका सन्देश कटुवाल दोस्रो भए भने भुवन दाहाल ४ अंकका साथ तृतीय भए ।
स्वीस लिग ५ चरणको खेलमा रिलायन्सका सरोज कार्की चांैथौँ र सुरज राई पाँचौँ भए । पायोनियरका विराज पुडासैनी, पुष्पलाल स्मृति उमाविका निश्चल श्रेष्ठ, सगरमाथा एजुकेसन एकेडेमीका दीपक कुमार मगर, शारदा एकेडेमीका रोहित लामा र नवजागृति स्कुलका यादव विक्रम थापा छैठाँैदेखि १०औँ स्थानमा रहे ।
दुई दिने प्रतियोगितामा २० स्कुलबाट ४० जना खेलाडीको सहभागिता रहेको थियो । विजयी खेलाडी तथा स्कुललाई आयोजक स्कुुलका प्रिन्सिपल शंकरराज न्यौपानेको सभापतित्वमा भएको  कार्यक्रममा बीच नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले पुरस्कार वितरण गरे । (सौस)

प्रतिक्रिया