हामी सबै पुरुष वेश्या हौँ

Swagat-Nepalएक दशकअघि प्रकाशित उपन्यास ‘मातृसम्भोग †’ ले स्वागत नेपाललाई लामो समय चर्चाको शिखरमा पुर्‍यायो र विवादमा पनि मुछ्यो । अहिले उनी नयाँ उपन्यास ‘जिगोलो’बाट चर्चामा छन् । उनीसँग ‘जिगोलो’सम्बन्धी वार्ता–

‘जिगोलो’को बजार रेस्पोन्स कस्तो छ ?
भर्खरै बजारमा गएको छ । पढ्नेहरूले यौन उपन्यास ठानेको थिएँ, यो त बढी राजनीतिक पो रहेछ भनेका छन् । कतिपयले नारीअधिकारकर्मीको विरोधी भयो भने त कतिले हालसम्म महिलाहिंसा गर्ने पुरुषसत्तालाई बदला लिएको स्वाद पर्‍यो भनेका छन् ।
आजकाल लेखक/कविहरू सेलिब्रेटी हुन थालेका छन् । नेपाली साहित्यका लागि यो शुभ संकेत हो ?
लेखक/कवि सेलिब्रेटी हुनु र सेलिब्रेटीहरू लेखक हुनु उस्तै–उस्तै भएको छ । वित्तीय सेलिब्रेटीहरू झन् बढी लेखक बन्न थालेका छन्, अरूको कलमका भरमा । रमाइलो भइरहेको छ, रमाइलो धेरै गर्नु अशुभ संकेत हो ।
तपाईं टेलिभिजन पर्सनालिटी पनि हुनुहुन्छ, एक हिसाबले सेलिब्रेटी हुनुभा’छ नि !
टेलिभिजनकर्मी बीचमा जाँदा कवि/लेखक आयो भन्छन् । कवि लेखकबीच जाँदा टेलिभिजनकर्मी आयो भन्छन् । मलाई कहिलेकाहीँ कित्ताभ्रमको टेन्सन हुन्छ ।
हिजो ठूला लेखकको किताब छाप्ने प्रकाशक पनि पाइँदैनथ्यो । आफैं पैसा खर्चेर छाप्नुपथ्र्यो । र, किताब झोलामा बोकेर गल्लीहरूमा ‘म फलानो, यो मैले नै लेखेको हो’ भन्दै बाँड्नुपथ्र्यो । यसरी दिन फिरेको सम्झँदा कत्तिको आनन्द लाग्छ ?
हो, त्यो दिन थियो तर मेरो पहिलो कवितासंग्रह छाप्न पनि एउटा कार्यक्रममा कविता सुनाएपछि प्रकाशक विजय आचार्यले चिनजानै नभए पनि वाचन सकिनासाथ चिनजान गर्न आएर तपाईंका सबै कविता यस्तै दमदार छन् भने दिनुस् म छाप्छु भनेर मागेको ०५८ सालतिरको कुरा सम्झन्छु म । त्यसपछि पनि आजसम्म प्रकाशनको समस्या छैन । त्यसो त म ०४८ देखि नै दैनिक पत्रिकमा नियमित लेख्ने भएकाले नाम प्रकाशनको मोह त्यस्तो थिएन । केही प्रकाशनबाट त जति रोयल्टी दिए पनि कहिल्यै मेरो पुस्तक छाप्दिनँ भन्ने कसम नै खाएको छु ।
नाम भन्न मिल्छ ती प्रकाशनको ?
उहाँहरूलाई आºनो बिजनेस गर्न दिऔँ न, किन नाम लिएर विज्ञापन गर्ने । धेरैजसो सरकारी ट्याग लागेकाहरू हुन्, निजी पनि छन् ।
पहिला पाण्डुलिपि दिँदा छापिदिएनन् कि के हो ?
हा हा हा, कुनै साहित्यिक प्रकाशक/सम्पादकले मकहाँ रचना लिएर स्वागत नेपाल छापिदिनुस् न भन्दै कहिल्यै आएको थियो भन्न सक्ने एकजना पनि भेट्नुहुन्न तपार्इंले । त्यसैले मेरा कुनै पत्रिकामा पनि कहिल्यै दसैँविशेष आदिमा पनि कुनै फुटकर रचना समेत छापिएको तपाईंले पाउनुहुन्न । कारण त्यही हो । अर्को कुरा, लेखकलाई प्रकाशकले होइन कि प्रकाशकलाई लेखकले स्थापित गर्ने हो अब । मेरो पुस्तक छापिएका प्रकाशनका प्रकाशकबाहेक ९९.९९ प्रतिशत प्रकाशकलाई स–शरीर चिन्दा पनि चिन्दिनँ म, अनि मेरो पाण्डुलिपि हेर्न कसरी पाउनु उनीहरूले ?
अनि सधैँ यसरी चल्छ त ?
नचले आºनै प्रकाशन खोल्ने ।
अनि कसम नै चाहिँ किन खानु भएको त त्यस्तो ?
कालो धनलाई सेतो बनाउने प्रकाशकबाट पुस्तक छाप्नु पुस्तककै अपमान हो । मेरा पुस्तकमा भ्रष्टाचारी प्रकाशकको नामलाई निषेध हुन्छ ।
अब अघिकै प्रसंग, अहिले त केही लेख्नेबित्तिकै मिडियाले प्रचार गरिदियो भने सेलिब्रेटी बन्ने दिन आएको छ नि † यसो हुँदा लेखनको क्वालिटी गौण बन्ने सम्भावना हुँदैन ?
सोह्रै आना सही हो । साम्पत्तिक शक्तिमा पुस्तकका विज्ञापन देखेर किन्न पुगेका पाठकहरूको हरिबिजोग भएको छ । कृति जति राम्रा भए पनि मिडिया साम्राज्यले हावादारी पुस्तकहरूलाई पनि पढ्नैपर्ने बनाइदिएको छ । असल कृतिको मिडियासम्म पहँुच छैन । मिडिया कब्जामा परेको छ केही लेखक/प्रकाशक र समीक्षकहरूको । तर, लेख्नेको गुणात्मकतामा भने मिडियाले केही फरक पर्दैन । मिडिया कन्जुमर्स राइट्स पस्र्पेक्टिभबाट चाहिँ साहित्यका उपभोक्ताले त्यो एकाधिकारको विरोध गर्न सक्छन्, जुन चेतना नेपालमा छैन ।
कम क्वालिटिका किताब छापिन थालेपछि भोलि नेपाली लेखक पनि अहिलेका फिल्मी कलाकार जस्ता ‘सस्ता’ होलान् भन्ने लाग्दैन ?
भोलि होइन, त्यो त आजै देखिसकिएको छ ।
पैसा हुनेले विज्ञापन गरेर ‘झुर’ किताब बेचिरहेका छन् । यसरी किताबको विज्ञापनले साँच्चै राम्रा किताबचाहिँ ओझेल पर्ने डर हुन्छ कि हँुदैन ?
साहित्यमा पनि सामन्तवाद छ । यहाँ पनि हैकमवाद छ । कुलघरानीयावाद छ । तपाईंले गर्न खोज्नुभएका विज्ञापनका संकेत पनि मैले बुझेको छु । मिडिया किनिएको र बेचिएको छ तर पाठकको मन पत्रिकाको स्पेस किनेजस्तो सजिलो छैन जित्नलाई ।
पुरुष वेश्याबारे उपन्यासै लेख्नुभो । कोही पुरुष वेश्या देख्नु/भोग्नुभएको छ ?
हामी हरेक पुरुष वेश्या हौँ । घरभित्रका पुरुष वेश्या, जो हरतरहले आºनो मान्छेलाई आनन्दित बनाउनु मात्र आºनो सफलता ठान्छ । म हरेक पुरुषको अनुहारमा पुलिंगी वेश्या देख्छु । महिलाहरू जति मरिहत्ते गर्लान् एउटा पुरुषका लागि, पुरुष त्योभन्दा बढी लम्पसार पर्न खोज्छ । ऊ त घस्रिएर हिँड्ने सरिसृप प्राणीजस्तो लाग्छ मलाई । तर, विचरा ऊ सधैँ हार्छ । उसको लाज बचाइदिन महिलाले क्षमादान दिँदै सन्तुष्ट भएको अभिनय गर्छिन् ।
‘जिगोलो’को लास्ट कभरमा ‘राजनीतिक पुरुषवेश्या’ भनेर सबै राजनीतिज्ञलाई आरोप लगाउनुभो । तपाईं पनि त नयाँ गठन भएको ‘नेपाली समाजवादी पार्टी’को सचिव नै हुनुभो । तपाईंचाहिँ पुरुषवेश्या अर्थात् जिगोलो होइन र ?
मलाई साहित्यको कुरा गर्दा राजनीति बिर्सन मन लाग्छ । राजनीति फोहोर भयो भने सफा पनि गर्नुपर्‍यो नि † बुझेका युवाहरूले । यो उपन्यास राजनीतिक वेश्यावृत्तिकै विरोधमा हो । नयाँ पुस्ताका राजनीतिक व्यक्तिमा वैचारिक वेश्यावृत्ति पाउनुहुन्न । बरु त्यो प्रवृत्तिको विरोधीहरू भेट्नुहुन्छ ।
जीवनमा ‘स्त्री/पुरुष’बीचको यौनको स्थान कहाँनिर पाउनुभो ?
‘स्त्री/पुरुष’बीच मात्र भन्न नमिल्ला कि † सबै स्त्री केवल स्त्री हुन्नन् । शारीरिक यौन जोडिने स्त्री हो भने र स्थान छुट्याउने हो भने यो सधैँभरि पुरुष हार्ने तर हारेँ भन्न नसक्ने खेल हो । स्त्रीले भने आºनो पुरुषले जितेको भ्रममा आनन्दित भएको देखेर उसको आनन्दमा आºनो असन्तुष्टि लुकाएरै सन्तुष्ट हुने दौड हो । दुवैले प्रथम स्थान प्राप्त गर्छन् तर हातमा शून्य हुन्छ ।
तपाईं सधैँ चर्चामा आउने किताब मात्र लेख्नुहुन्छ । गम्भीर साहित्यतिर रुचि जाँदैन ? कि सधैँ स्टन्ट मात्रै गरिरहने ?
संसारका सबै मान्छे युद्धबाट मरेर यो धर्तीमा आमा र छोरा मात्रै बाँचे भने तिनैले पृथ्वीमा मान्छे जाति बचाउनुपर्छ कि पर्दैन होला भन्ने प्रश्न ‘मातृसम्भोग †’ मा गरेको छु । यो गम्भीर होइन र ? अनि वैज्ञानिकले पत्ता लगाएको, संसारभरका वैज्ञानिकले मान्यता दिएको, अबको ५० लाख वर्षमा पुरुष जन्मिने क्रोमोजोम अन्त्य भएर पुरुष जाति हरेक वर्ष घट्दै छ र लोप हुन्छ भन्ने विषय ‘जिगोलो’मा छ । यो गम्मीर होइन ? मैले मेरो उपन्यास जिगोलोको पहिलो परिच्छेद नै आजभन्दा ५० लाख वर्षपछिको समयदेखि सुरु गरेको छु । यसअघिको उपन्यास मातृसम्भोगको अवस्था पनि अहिलेका मान्छेले सोचिहाल्न र पत्याउन सक्दैनन् । त्यसैमा मेरो बढी आलोचना, बढी गम्भीर भयो भनेर भएको छ । यो त यति गम्भीर विषय हो कि अहिले मान्छेको दिमागमा घुस्न पनि कठिन पर्छ । जिगोलो पनि आजभन्दा ५० लाख वर्षपछिसम्मका लागि लेखिएको हो भनेरै लेखकीयमा भनेको छु । अनि ? मैले चर्चामा आउन लेखेको चाहिँ होइन है दीपकजी, चिन्तित भएरचाहिँ लेखेको हो ।
आफ्नी पत्नी हुँदाहुँदै अरूसँग यौनसम्बन्ध राख्नुलाई तपाईं के भन्नुहुन्छ ? (यही कुरा महिलामा पनि लागू हुन्छ ।)
कोही कसैकी पत्नी हुनुको योग्यता ऊसँग यौनसम्बन्ध राख्नु हो ? के पत्नी यौनसम्बन्ध राख्नका लागि मात्र हो ? यौनसम्बन्ध राख्नेबित्तिकै कोही पत्नी हुन्छ ? म विवाहभन्दा यौनमा विश्वास गर्छु । कसैले मेरो कुरा होइन भन्छ भने ऊ झुट बोलिरहेको छ । उपन्यास ‘जिगोलो’मा एक वकिल पात्र मिङ्माले भन्छिन्, ‘यौन ईश्वरले बनाएको हो र विवाह गुरु–पुरोहितहरूले ।’ म पुरोहितभन्दा ईश्वरमा विश्वास गर्छु । महिलामा पनि लागू हुन्छ भन्नुभयो । विवाह आºनो मान्छेबाहेक अरूसँग जुनसुकै बेला यौनसम्बन्ध कायम राख्नका लागि अनुहार लुकाउने राम्रो बुर्का हो धेरै महिलाका लागि । मैले यो देखेको छु । यो सामाजिक वास्तविकता हो । त्यसैले त्यस्ता अधिकारवादीको कुरा पनि आएको छ, उपन्यासमा ।
एक हिसाबले ‘मातृसम्भोग !’, ‘जिगोलो’हरू साहित्यिक नङ्गावाद हुन् भन्ने मेरो ठहर छ । यस्ता अश्लीलतालाई तपाईं आफैं के भन्नुहुन्छ ?
‘मातृसम्भोग †’, ‘जिगोलो’ मा मातृभूमिमाथि बलात्कार गर्नेलाई मातृबलात्कारी भनेर मैले गाली गर्दा अश्लील भन्नु मातृबलात्कारीलाई बचाउने प्रयास गर्नु हो भन्छु म । त्यो नाङ्गो छ भन्नु नङ्गावाद होइन । दीपकजी † हुन त तपाईं ११ वर्षदेखिकै मेरो घोरविरोधी भन्ने थाहा छ । त्यसैले पनि त्यो ठहर अस्वीकार गर्छु म ।
‘जिगोलो’मा विपन्न सहिदपुत्रलाई पुरुषवेश्या पात्रका रूपमा उभ्याउनुभएको छ । यो सहिदहरूप्रति नै अपमान भएन र ?
हो, चुरो कुरो नै यहीँ छ । हामी सहिदपुत्रलाई पुरुषवेश्या बनाउँदा अपमान भयो भन्ने युगमा छौँ । तर, उपन्यासको समय नेताहरूभन्दा पुरुषवेश्याले देशबारे चिन्ता लिने युगको छ । पुरुषवेश्या बनेको सहिदपुत्र उपन्यासमा भ्रष्ट नेताहरूभन्दा राष्ट्रवादी र पवित्र छ जसले विदेशीलाई सूचना बेच्ने र विदेशीसँग लम्पसार पर्ने राजनीतिक जिगोलोलाई समाप्त पार्छ ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया