ह्वाइट हाउसद्वारा सम्मान

काठमाडौं । बर्मुडामा सम्पन्न आइसिसी क्रिकेट डिभिजन थ्रीमा विजयी भई डिभिजन टुमा उक्लिनुका साथै विश्व कप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई ह्वाइट हाउस अन्तर्राष्ट्रिय कलेजले बिहीबार सम्मान गरेको छ । टोलीलाई १ लाख १ हजार १ सय १ रुपिया प्रदान गरिएको हो । सो अवसरमा क्रिकेट खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै कलेजका पूर्व विद्यार्थी, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दाशलाई नगद २५ हजारसहित सम्मान  गरिएको छ  ।

प्रतिक्रिया