कृषा शेर्पा चार स्पर्धाको सेमिमा

karaateकाठमाडौं, ८ जेठ । आयोजककी कृषा शेर्पाले उत्कृष्ट खेल प्रदर्शन गर्दै सातौँ अन्तर्राष्ट्रिय एनएसकेए कराते प्रतियोगिताको चार भिन्न स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेकी छन् । कृषा कुमुतेतर्फ ५० केजी तौल समूहमुनी र खुलामा सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनीसँग ५० केजी मुनी वादोकाईकी एलिना बिके तथा खुलामा वादोकाईकै रूपा महर्जनले पनि अन्तिम चारमा स्थान सुरक्षित गरे । त्यसैगरी कातातर्फ पनि दुई स्पर्धामा कृषा अन्तिम चारमा पुगिन् । उमेर समूह अन्तर्गत १५ वर्षमाथि र खुलातर्फ जित हात पारेकी थिइन् । १५ वर्षमाथि वादोकाईकी आशा रानामगर र खुलातर्फ आयोजककै जुनु क्षत्री पनि सेमिफाइनलमा प्रवेश गरे ।
नेपाल सोतोकान कराते (एनएसकेए) संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको महिलाको कुमुते २५ केजीमुनि क्वानमुकानका अनुस्मृती अधिकारी र गोमा थापा, ३० केजीमुनि आइएमएकी अर्चना नगरकोटी र क्वानमुकानकी इन्दु मल्ल सेमिफाइनलमा प्रवेश गरे । यसैगरी,  ३५ केजीमुनि आयोजककै कविता गौतम र रोजिना भण्डारी सेमिफाइनलमा ४० केजीमुनि आयोजककी प्रभा थापा र वादोकाईकी शिवा भण्डारी, ४५ केजीमुनि आयोजककी कला थापा र वादोकाईकी ज्ञानु महर्जन र ५५ केजीमुनि आयोजककी रमिता तामाङ र वादोकाईकी सिर्जना महर्जन सेमिफाइनलमा पुगे ।
त्यस्तै काता ४० केजीमुनि र उमेर समूहको १५ वर्षमाथि आयोजकका कविता गौतम र रुजिना गमाल आफ्नो खेलमा सफलता हात पार्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको पुरुष कुमुतेको २५ केजी तौल समूहमुनि आयोजकका सन्देश खड्का र बलराम बजगार्इं, ३० केजीमा आयोजकका कृष्ण दर्लान र क्वानमुकानका अजय शाही र ६८ केजी र खुलातर्फ आयोजकका दिवस श्रेष्ठ र सुमनकुमार कार्कीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । चार दिने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका ६ सय खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजकका महासचिव श्याम शेर्पाले जनाएका छन् ।

प्रतिक्रिया