प्रचण्ड र रेखा थापा उस्तै उस्तै हुन्: नेता आचार्य

Narahari-Acharyaचितवन, ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नायिका रेखा थापाको चरीत्रमा कुनै फरक नभएको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले शुरु गरेको एक महिने चुनावी अभियान अन्तर्गत आईतबार पूर्वी चितवनको पिल्लेमा आयोजित कार्यक्रममा नेता आर्चायले झुटको खेती गर्ने दाहालले आफ्नो चरित्रसंग मेल खाने नायिका रेखा थापा भित्राएकोमा अचम्म नमान्न कार्यकर्तालाई आग्रह गरे । ‘प्रचण्ड आफै झुटको खेती गर्न कलाकार हुन्, आचायले भने–रेखाजी जस्तो झुट र नाटक गर्ने कलाकार ल्याउनु पार्टीमा अब झुट अभियान चलाउनु हो ।’ उनले एमाओवादी र एमालेमा एकबाट अर्को पार्टीमा प्रवेश गर्नु नौलो नभएको भन्दै यो जनतालाई भ्रममा पार्ने रणनीतिको भएको संज्ञा दिए । निर्वाचन मिति घोषणमा सरकारले ढिलाई गरे सरकारको आयू सिद्धिने भन्दै तत्कालै चुनावको घोषण गर्न माग गरे ।
एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पिल्ले गाविसका ४०० जना अगुवा कार्यकर्ताहरु सहभागि थिए ।

प्रतिक्रिया