भेटवाललाई थर्ड डान र चन्दलाई कांस्य पदक

kaarate-phtoकाठमाडौं : जापान कराते गोजुरियो ओसिकाई संघ नेपालको वार्षिक कार्यक्रमअनुसार मित्रराष्ट्र मलेसियाको पेराकमा सम्पन्न १०औँ ओकिनावा कराते प्रतियोगिता तथा सिंगापुरमा भएको उच्चस्तरीय विषेश गोजुरियो कराते प्रशिक्षणमा सहभागिता जनाएर सूर्यबहादुर भेटवाल र हरिकुमार चन्द स्वदेश फर्किएका छन् । मे २ देखि ५ सम्म मलेसियाको पेराकमा सम्पन्न प्रतियोगितामा हरिकुमार चन्दले ६७ केजी तौल समूहमा कांस्य पदक हासिल गर्न सफल भए भने सूर्यबहादुर भेटवालले निर्णायकको भूमिका निर्वाह गरे ।
त्यस्तै, मे ७ देखि १४ सम्म सिंगापुरको सेन्ट्रोसामा सम्पन्न गोजुरियो करातेको उच्चस्तरीय विषेश प्रशिक्षणमा दुवैजनाले भाग लिनुका साथै सूर्यबहादुर भेटवालले तेस्रो डिग्री परीक्षामा सफलता हात पारे । (सौस)

प्रतिक्रिया