विश्वविद्यालय टोली पहिलो

volleyball-photoकाठमाडौ : मध्यपुर ठिमीको बोडेमा सञ्चालन भइरहेको राष्ट्रव्यापी प्रथम खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि विश्वविद्यालय खेलकुद महासंघले जितेको छ । मध्यपुर खेलकुद समूहले आयोजना गरेको प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा महासंघले सशस्त्र प्रहरी बल गुहेश्वरी गणलाई २५—१८, २५—१७ र २५—१३ ले पराजित गरेको थियो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा महासंघका खेलाडी बेष्ट प्लेयर सुरज चौधरी, वेष्ट स्टाइकर रमण श्रेष्ठ घोषित भएको थियो । यसैगरी, सोमबार भएको तेस्रो स्थानको खेलमा आयोजक मध्यपुर खेलकुद समूह (रातो)को जित भएको थियो ।
आयोजक मध्यपुर खेलकुद समूह (रातो)ले श्री पद्मम उच्च माविलाई २५—२१, २४—२६, २५—१२ र २५–२० ले पराजित गरेको थियो । प्रतियोगितामा आयोजक समूहका खेलाडी ईश्वर होना म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगिताको उपाधि विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले  १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । (सौस)

प्रतिक्रिया