ह्यान्डबलको तालिम सुरु

काठमाडौ: अन्तराष्ट्रिय ह्यान्डबल महासंघको तत्त्वावधान नेपाल ह्यान्डबल संघको आयोजना तथा विद्यालय ह्यान्डबल संघको सहयोगमा सोमबार २३ गतेदेखि बृहस्पति विद्यासदन, नक्साल, काठमाडांैमा पाँचदिने ह्यान्डबल तालिम सुरु भएको छ । ह्यान्डबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले ह्यान्डबल एट स्कुल कार्यक्रमअन्तर्गत काठमाडांैमा रहेका ३० निजी तथा सामुदायिक स्कुलका खेल शिक्षकलाई उक्त तालिम प्रदान गर्न लागिएको संघले जनाएको छ । विश्व ह्यान्डबल महासंघले पहिलोपटक नेपालमा आयोजना गरेको उक्त तालिम महासंघका विज्ञ हुवाँ एन्टोनले प्रशिक्षण प्रदान गर्ने छन् । उक्त कार्यक्रम पोखरामा वैशाख २९ देखि जेठ ४ गतेसम्म आयोजना हुनेछ । कार्यक्रमको नेपाल विद्यालय ह्यान्डबल संघका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले उद्घाटन गरे । (सौस)

प्रतिक्रिया