कैलालीमा तीन पत्रकार विस्थापित

धनगढी, १९ वैशाख । कैलालीको लम्कीबाट तीन पत्रकार विस्थापित भएका छन् । समाचारका विषयलाई लिएर विभिन्न पक्षबाट धम्की आउन थालेपछि माउन्टेन टेलिभिजनका संवाददाता नवराज खनाल, अनुमोदन दैनिकका संवाददाता डम्मर बम र रेडस्टार एफएमका समाचार प्रमुख तीर्थ जैशी विस्थापित भएका हुन् ।

उनीहरू लम्कीमा असुरक्षित बनेको भन्दै मंगलबार कैलाली सदरमुकाम धनगढी आएका छन् । बलिया–८, लम्कीका विष्णुप्रसाद आचार्यको चैत ४ गते राति कर्णाली चिसापानीमा भएको दुर्घटनाको समाचारलाई लिएर आफूहरूलाई पटक–पटक धम्की आएको खनालले बताए । विस्थापित पत्रकारले सुरक्षाको ग्यारेन्टी नहुन्जेल कार्यक्षेत्र नफर्कने बताएका छन् ।
घटनाप्रति नेपाल पत्रकार महासंघ कैलालीले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया