नेकोस तेक्वान्दो बिहीबारदेखि

tekwandoकाठमाडौं, १८ वैशाख । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ४६ टिमका २ सय ४० पुरुषसहित कूल ४ सय ८० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक ईश्वर बिडारीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
तीनदिने प्रतियोगिताको गेरोगीतर्फ १० र पुम्सेमा ६ गरी जम्मा १६ स्वर्णका प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख ३२ हजार १ सय रुपियाँ खर्च हुनेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया