बालकुमारी सफल

काठमाडौं : बालकुमारी फुटबल क्लबले प्रथम वीरेन्द्र पुस्तकालय सिक्स ए साइड फुटबल प्रतियोगितामा शुक्रबार सफलता हात पारेको छ । बालकुमारीले केयू सिटी कलेजलाई ४–१ गोलअन्तरले हरायो ।
विजेताका विप्लव लामाले ह्याट्रिक गरे भने सन्देश लामाले १ गोल गरे । केयूका राम क्षेत्रीले १ गोल फर्काए । अन्य खेलमा चाबहिल युनाइटेड र सुरु टिमले जित आत्मासात गरे । चाबहिलले टिवाइसीलाई टाइब्रेकरमा ४–१ ले पन्छायो । सुरुले पनि आयोजक वीरेन्द्र पुस्तकालय ‘ए’ लाई टाइब्रेकरमा ३–० ले निराश पार्‍यो । (सौस)

प्रतिक्रिया