लुकीछिपी बालुवा भारत निकासी बढ्यो

भैरहवा, १४ बैसाख । वातावरणीय सन्तुलनमा खलल पुर्याएको भन्दै जिल्ला अनुगमन समिति रुपन्देहीले जिल्लामा गिट्टी बालुवा उत्खनन गरी भारत निकासी गर्न प्रतिबन्ध लगाएपछि अबैध रुपमा गिट्टी बालुवाको कारोबार बढेको छ ।
गत साउन देखी रुपन्देहीका नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न पूर्ण रुपमा सरकारले र स्थानीय अनुगमन समितिले रोक लगाएको हो । रोक लगाएपछि यस क्षेत्रका क्रसर व्यवसाय ठप्प भइरहेको बखत रुपन्देहीकै केहि क्रसर व्यवसायीले लुकुछिपी अन्य जिल्लाको बिलबिजक जारी गरि रुपन्देहीको माल भारत तर्फ निकासी गरिरहेको रहस्य खुलेको हो । गएकोे विहिवार राती अवेध रुपमा भारत निकासी गर्न लागेको गिट्टी लोड गरिएका ७ ट्रिपर भैरहवा भन्सार कार्यालय नजिक बाट जिल्ला विकास समिति रुपन्देहीको अनुगमन टोलीले नियन्त्रण लिएको छ ।
जिविस रुपन्देहीका कार्यक्रम अधिकृत कर्ण कुमार क्षेत्रीको नेतृत्वमा खटिएको अनुगमन टोलिले बेलहिया बाइपासबाट ती अबैध चोरी निकासी गरिरहेको बेला ती टिप्पर नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुझाएको छ ।

प्रतिक्रिया