भुवन नयाँ कप्तान

काठमाडौं : आगामी मेमा मलेसियामा हुने एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१९ एलिट कपका लागि नेपाली राष्ट्रिय टिमको बुधबार घोषणा भएको छ । भुवन कार्कीको कप्तानीमा घोषणा भएको १४ सदस्यीय राष्ट्रिय टोलीमा अविनाश कर्ण उपकप्तान छन् ।
टोलीका अन्य सदस्यमा रामनरेश गिरी, अमित श्रेष्ठ, यज्ञमान कुमाल, राहुुलप्रताप सिंह, निश्चल पाण्डे, इर्साद अहमद, पवन श्रेष्ठ, वीभत्सु थापा, निर्मल थापा, सुशान्त भारी, प्रेम तामाङ र हरिशंकर शाह छन् ।
वैकल्पिक खेलाडीमा अमित दाहाल, सुरजकुमार कुर्मी, अभिषेक झा र शरद खड्का छन् । भुवन र अविनाश मात्र यसअघिको टोलीमा थिए । स्पिनर भुवनले सिनियर टिमबाट समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् । लगातार चारपटकको विजेता नेपाल पछिल्ला दुई संस्करणमा उपविजेतामै सीमित भएको थियो । (सौस)

प्रतिक्रिया