कार्यशालामा राहदानी

Tarunisकाठमाडौं : बलिउड र हलिउडलाई हेर्ने हो भने चलचित्र निर्माण पूर्व कार्यशाला हुनु भनेको सामान्य हो । तर, हाम्रो चलचित्र क्षेत्रमा कार्यशालाको परम्परा एदाकदा मात्र देख्न पाइन्छ । यस्तैमा रंगपत्रकार डब्बु क्षत्रीले भने आफ्नो चलचित्रको कार्यशाला गराएका छन् । दुई दशकदेखि रंगपत्रकारिता गर्दै आएका सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नै निर्देशन रहने चलचित्र राहदानीका लागि कार्यशाला गराएका छन् । जसको हाल काठमाडौंको जय बागेश्वरीस्थित ओस्कार कलेज अफ फिल्म स्टडिजमा कार्यशाला भइरहेको छ ।
कलाकारलाई कार्यशालामा सहभागी गराएर छायांकन थालियो भने चलचित्रको काम छिटो र छरितो तवरले गर्न सकिन्छ । निर्देशक क्षत्रीले भने कार्यशालाले कलाकार अभिनय गर्ने चलचित्रको पात्रमा भिजाउनसमेत मद्दत गर्छ । कार्यशालाले चलचित्रमा अभिनय गर्ने कलाकार एकअर्कासँग परिचित हुने एक माध्यमसमेत हुने उनको कथन छ ।
लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहने चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, रूपा खनाल ‘विशाखा’, सृजना सुब्बा, सरिता गिरी, विधा कार्की, लक्ष्मणविक्रम बस्नेत लगायतको अभिनय रहनेछ ।
नवीन लम्साल, ज्योति कार्की, आयुष्मा श्रेष्ठ र तेन्जिङ शेर्पाले यसै चलचित्रमार्फत डेब्यु गर्न लागेका हुन् ।
पुतलीसडकस्थित अर्टोम्युज स्टुडियोमा आइतबारबाट चलचित्रका गीत रेकर्डिङ सुरु भएको छ । वसन्त सापकोटा, चेतन सापकोटा, जुगल डंगोलका संगीत रहने चलचित्रमा डा. गोविन्द कुसुम, चण्डिराज श्रेष्ठ, अनुपकुमार बराल र डब्बु क्षत्रीका गीत छन् ।
रामशरण उप्रेतीको छायांकन, अञ्जय खड्का ‘बन्टी’को सम्पादन, राजु शाहको नृत्य रहने चलचित्र छायांकन वैशाखको तेस्रो साताबाट सुरु हुने निर्देशक क्षत्रीले बताए । ओस्कार कलेजका विद्यार्थीसमेत रहेका क्षत्री आपैँmले चलचित्रको स्क्रिप्ट तयार पारेका हुन् । (सौस)

प्रतिक्रिया