भिक्ट्री शमशेर पहिलो

shamsherकाठमाडौं : भिक्ट्री शमशेर राणा दोस्रो सिटिजन्स बैंक टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ६५ वर्षमाथिको पुरुष एकलतर्फ पहिलो स्थान हात पारेका छन् । भिक्ट्रीले फाइनल स्पर्धामा डा. सिंहबहादुर बस्नेतलाई ९–७ ले पराजित गरेका थिए ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको भेट्रान ३५ बर्षमाथि सानु लामाले आशिष सिग्देललाई ६–३ र ६–२ अंकले, करिमुल मुस्लिमले महेश श्रेष्ठलाई शुपर टाइब्रेकमा २–६ ७–६ र १०–७ अंकले तथा गौरीशंकर श्रेष्ठले पोखराका बिकास गुरुङलाई ६–३ १–६ र १०–५ अंकले पराजित गरे । श्रीराम मगरले पोखराका सुरेश श्रेष्ठलाई ६–२ र ६–० अंकले, सुनित गिरीले अनुज अरोरालाई ३–६ र ७–६ र १०–८ अंकले तथा सुकुमान तामाङले भू–अरुण मल्ललाई ६–२ र ६–२अंकले हराउदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
अखिल नेपाल लगटेनिस संघको आयोजनामा संचालित प्रतियोगिताको भेट्रान ४५ बर्षमाथि राजु श्रेष्ठले काजिमान गुरुङलाई ६–२ र ६–२ अंकले पराजित गर्दै क्वाटर फाइनलमा प्रबेश गरेका छन् । यसैगरी कृष्णराज घलेले बिष्णुप्रसाद गैरेलाई ६–१ र ६–१ अंकले पछिपार्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् । भेट्रान ४५ बर्षमाथिनै दार्जलिङका डेउनभ लामाले बिजय राईलाई सुपर टाइब्रेकरमा ६–४, ५–७ र १०–३ अंकले, हरबेन्द्र सिंहले रोज्जमान श्रेष्ठलाई ६–१ र ६–३ अंकले र सुवर्ण धाख्वाले करीमुल्ला मुस्लिमलाई ६–१ र ६–३ अंकले पराजित गरे । सोभियतमान श्रेष्ठले शुशिलराज पाण्डेलाई ६–० र ६–१ अंकले,प्रताप मोक्तानले भू–अरुण मल्ललाई ६–२ र ६–३ अंकले हराउदै क्वाटर फाइनलमा प्रबेश गरेका छन् । सोहि समूहमा गोपाल दासले उत्तम लामाबाट वाकओभर पाए ।
त्रिपुरेश्वरको कोटमा भएको भेट्रान ५५ बर्षमाथिको पुरुष जोडिमा ईन्द्रजित राई र रत्नवहादुर गुरुङलाई ४–६,७–६ र १०–२ अंकले हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेभने असोक शाक्य र महादेब ढुङ्गानाले ज्ञानेन्द्र ताम्रकार र गौतमलाल प्रधानबाट तथा अशोक गुरुङ र ध्रुब गुरुङले कुमार मोहनवहादुर शाही र विदुर बिष्टको जोडीबाट वाकओभर पाउदै सेमिफाईनलमा प्रबेश गरेका छन् । (सौस)

प्रतिक्रिया