आजदेखि शालिमार राष्ट्रिय भारत्तोलन

काठमाडौं : नेपाल भारत्तोलन संघको आयोजनामा मंगलबारदेखि सुरु हुने शालिमार राष्ट्रिय भारत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । वीरगन्जस्थित अन्तर्राष्ट्रिय पौडी पोखरी एवं फिजिकल फिटनेसको पहलमा हुने प्रतियोगितामा दुई विभागीय टोली, एक फिजिकल फिटनेस, एक स्टार तारा र १७ जिल्लाको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५६ केजीमा १२, ६२ केजीमा १३, ६९ केजीमा १५, ७७ केजीमा ९, ८५ केजीमा ८, ९४ केजीमा ५, १०५ केजीमा ४ र १०५ केजी माथिका स्पर्धा समावेश गरिएका छन् । त्यस्तै महिलातर्फ ४८ केजीमा ७, ५३ केजीमा ७, ५८ केजीमा ४, ६३ केजीमा ३, ६९ केजीमा ४, ७५ केजीमा २ र ७५ केजीमाथि २ खेलाडीको सहभागिता रहनेछ ।
यसअघि सोमबारै बसेको नेपाल भारत्तोलन संघको वार्षिक साधारण सभाले आफ्नो आय–व्ययको विवरणलाई पास गरेको छ । (सौस)

प्रतिक्रिया