दिवस र सपना उत्कृष्ट खेलाडी घोषित

काठमाडौं : नेपाल सोतोकान करातेका दिवश श्रेष्ठ र केन्द्रीय डोजो, सितेरियो करातेकी समना महर्जन ‘प्रथम राष्ट्रिय खुला प्रतियोगिता’को उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा केन्द्रीय सितेरियो करातेले टिम च्याम्पियन भएको छ ।
आयोजक नेपाल ओकिनवा शुरिकेन सोरिनरियो कराते संघ दोस्रो भएको छ । त्यस्तै तेस्रो स्थानमा नेपाल सोतोकान कराते संघ रहेको छ ।
दुई दिने सञ्चालित प्रतियोगिताको पुरुष ३० केजीमा नेपाल वादोरियो करातेका विक हादुर धामीले स्वर्ण प्राप्त गरे । ३५ केजीमा केन्द्रीय सितेरियोका दिनेश नेपाली, ४० केजीमा नेपाल वादोरियोका सुजन मगर र ४५ केजीमा ईचंगु डोजोका अर्जुन कार्की पहिलो भए ।
राष्ट्रिय खेलकुद परिषद्का् त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको महिलातर्फको खेलमा ३० केजीतर्फ भिमसेनस्थान डोजोकी अन्जु कार्कीले स्वर्ण पदक प्राप्त गरिन् । विजेता खेलाडीलाई प्रमुख अतिथीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा काठमाडौं, काभ्रे, रूपन्देही, पाल्पा र कपिलवस्तुका २७५ महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएका छन् । (सौस)

प्रतिक्रिया