चुनावमा लोकतान्त्रिक शक्तिसँग मिलेर एमाले जान्छ

Prdeep-Gywali-1गुल्मी, ३० चैत । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आगामी निर्वाचनका लागि पार्टीले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्ने बताएका छन् ।
प्रेस चौतारीले आज गल्मीमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले जातीय आधारमा संघीयता नचाहने दलहरुसँग सहकार्य हुने बताए । उनले नेपालमा रहेका साना कम्युनिष्ट दलहरु र संघीयताको सवालमा लगभग एउटै मुद्दा मिल्ने कांग्रेससँग पनि सहकार्य गर्न सकिने बताए ।
उनले भने द्वन्द्व ब्यवस्थापनका लागि भूमिका निर्वाह गर्न सक्ने लोकतान्त्रिक शक्तिहरु मिलेर जानुपर्ने उल्लेख गरे । ‘जनमोर्चा, नेमकिपा, मालेलगायतका अन्य वामपन्थी दलहरुसँग चुनावी सहकार्य गर्ने कुरा भैरहेको छ,’ उनले भने ।

प्रतिक्रिया