विभागीय टोलीको पराजयक्रम जारी

काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा संचालित ‘प्रथम राष्ट्रिय पुरुष/महिला क्लब लिग भलिबल प्रतियोगिता’को बिहीबार सम्पन्न पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले जित हात पारेका छन् । पुलिसले जी फोर स्पोर्टस् क्लबलाई २२–२५, २५–११, २५–१३ र २५–१८ले पराजित गर्‍यो । अर्को खेलमा एपीएफले विश्वविद्यालय खेलकुद संघलाई २५–१६, २५–१४ र २५–२२ले पराजित गर्‍यो ।
यस्तै त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चललाई २५–२२, २५–१९ र २५–९ले पराजित गर्‍यो । आजको प्रतियोगिताको समाप्तिसँगै नेपाल एपिएफ क्लबले १२ अंकका साथ अग्रस्थानमा आºनो पकड कायमै राखेको छ । दोस्रो स्थानमा रहेको पुलिसको ९ अंक रहेको छ । पुलिसले तीन खेल मात्र खेलेको छ । तीन खेल खेलेको आर्मीको ६ अंक रहेको छ भने जिफो ६ अंकका साथ चौथो एवं कुनै अंक नजोडेका पश्चिमाञ्चल र विश्वविद्यालय टोली पाचौँ र छैटौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया