कर्मचारी र निर्वाचनसहित चार अध्यादेश जारी

sarkar logo

काठमाडौं, २९ चैत । राष्ट्रपति डा.रामवरण यादवले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् ।
अन्तरिम मन्त्रिपरिषदले सिफारिस गरेका अध्देश डा.यादवले आज स्वीकृत प्रदान गरेका हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार डा.यादवले मन्त्रिपरिषद बैठकबाट सिफारिस भएका अध्यादेश जारी गरेको जनाईएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन अध्यादेश) २०६९, निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, निजामती सेवा तेस्रो संशोधन २०६९, नेपाल स्वास्थ्य सेवा ऐन २०६९ र रेल्वे सेवा सम्बन्धी अध्यादेश २०६९ पनि जारी भएका छन् ।

प्रतिक्रिया