ज्ञानोदयको स्वर्णजयन्तीको तयारी

काठमाडौं : सामुदायिकतर्फ उत्कृष्ट विद्यालयका रूपमा परिचित कालिमाटीस्थित ज्ञानोदय माविको स्वर्णजयन्ती मनाउने तयारी भएको छ ।
विद्यालय व्यवस्थापन यही साता स्वर्णजयन्ती मनाउने तयारीमा जुटेको हो । स्वर्णजयन्ती मनाउन विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक सक्रियताका साथ लागिपरेका छन् । विद्यार्थीहरू सरसफाई अभियानमा समेत जुटेका छन् ।
समुदायको सक्रियताबाट स्थापित विद्यालय देशमै नमुनाका रूपमा परिचित छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयले एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । ०६७ सालको एसएलसीमा जगदीश उप्रेतीले ९३.६ प्रतिशत अंक ल्याएका थिए । (सौस)

प्रतिक्रिया