नेपाली युवाटोली चुक्यो

afcu-14काठमाडौं, २३ चैत । बलियो प्रतिद्वन्द्वी ताजकिस्तानसंग उत्कृष्ट प्रदर्शनका बाबजुद पनि नेपाल एएफसी यु–१४ प्रतियोगितामा छनोट हुन असफल भएको छ । पहिलो खेलमा अफगानिस्तानसंग बराबरी गरेको नेपालले दोस्रो खेलमा ताजकिस्तानसंग १–१ को बराबरी गर्‍यो । छनोट हुनका लागि जित आवश्यक रहेको नेपाली टोली पेनाल्टी स्वीकारेपछि पछि परेको थियो । तथापि क्षितिज राजले ३० यार्डबाट पंहार गरेको बलले गोलको दिशा लिएपछि नेपालले २४औं मिनेटमा बराबरी गोल गरेको थियो । यसअघि १५औं मिनेटमा ताजस्तिनटोलीले पेनाल्टी पाएपछि अब्दुलेभ खर्सेदले गोल गरे । पेनाल्टीको प्रहार नेपाली गोलरक्षक सोजतिले फर्काएपछि रिबाउन्डमा खुर्सेदले गोल गरे ।

खेलपछि नेपाली टोलीले विरोधपत्र दर्ता गरेको छ । प्रतियोगितासम्बन्धी नियमावलीमा छनोट खेलमा बराबरी भए पेनाल्टीसुटआउटमा विजेताको टुंगो लगाउने कुरा उल्लेख भएको कारोण विरोधपत्र दर्ता भएको हो । अर्को खेलमा अफगानिस्तानले भुटानलाई १०–० ले पराजित गर्‍यो । भुटानी प्रशिक्षक नवांग डेन्डुपले विजयटोलीले बढी उमेरमा खेलाडी खेलाएको आरोप लगाए । ‘हामीलाई पहिले नै थाहा भएन कि यो यु–१८ खेल हो’, व्यंग्यात्मक भाषामा नवांगले भने ।

प्रतिक्रिया