सुन्दर देखिन सन्तुलित आहार

Beautiful-girls-5चम्किलो लहराउँदो कपाल, आभायुक्त अनुहार र सुन्दर आँखा प्रत्येक नारीको चाहना हुन्छ । तर मेकअपबाट मात्र यी सबै चिज पाउन कठिन छ । मेकअपबाट आउने सौन्दर्य कृत्रिम र क्षणिक हुन्छ । सुन्दर देखिन शरीरको भित्री पक्ष पनि सौन्दर्यशील हुुनुपर्छ । भित्री सौन्दर्य भनेको स्वास्थ्यावस्था हो । र, त्यसलाई सन्तुलित भोजनले व्यवस्थित गर्छ । आजको व्यस्त र भागदौडपूर्ण समयमा सन्तुलित भोजनमार्फत स्वस्थ रहने प्रयास गर्नु चुनौती नै हो । तर, प्राकृतिक सौन्दर्य बढाउन खानपिनमा विशेष ध्यान दिनैपर्ने हुन्छ ।
खानपिनको सीधा प्रभाव हाम्रो मुहारमा पर्छ । पोषक गुणले भरपूर खाद्यपदार्थले शरीरसँगै अनुहारलाई पनि फाइदा पुर्‍याउँछ । पेट भर्नका लागि मात्र खाएको खाद्यपदार्थले मुहारमा चाहिने पौष्टिक तत्त्व नदिन पनि सक्छ । त्यसैले मुहारमा चमक बढाउने खालका खानपिनमा ध्यान दिनुस् ।
– अनुहारमा चमक ल्याउन अन्न, दलहन तथा फलफूल, हरिया सागपात खानुपर्छ । माछा, मासु पनि फाइदाकर नै हुन्छ ।
– अनुहारको दाग या धब्बाबाट छुटकारा पाउन पानीजस्तो असल पदार्थ कुनै हुँदैन । पानीले शरीरको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । हर्बल टी, सुप, फलफूल या सब्जीको जुस पनि पिउन सक्नुहुन्छ । त्यसमा १० प्रतिशत पानी हुने गर्छ । दिनभरमा कम्तीमा डेढ लिटर पानी अवश्य पिउनुपर्छ ।
– प्रोटिन पनि आवश्यक हुन्छ मुहारको चमक बढाउन । यसका लागि माछा, मासु, अण्डा, दूध, दही, पनिर या दाल खान सकिन्छ । प्रोटिनवाला खाद्य पदार्थले मुहारको कोषिका निर्माणमा मद्दत गर्छ ।
– कागती, अमला, अंकुरित दाल वा हरिया खुर्सानीमा भिटामिन ‘सी’ पाइन्छ । यसलाई आहारको हिस्सा बनाउनुस् । मुहारमा लचिलोपना लाउन भिटामिन ‘सी’ अति आवश्यक छ ।
– बीज हुने फलहरू तरबुजा, खरबुजा, मेवा, आरुबखरा, जामुन, लिची आदि पनि मुहारको सौन्दर्य बढाउन उपयोगी छन् ।
– नियमित रूपमा हरिया सलाद सेवन गर्नुपर्छ, जसमा बिटा केरोटिन, भिटामिन ‘सि’, भिटामिन ‘ई’ पाइन्छ । यी तत्त्व मुहार चम्किलो बनाउने महत्त्वपूर्ण एन्टिअक्सिडेन्ट हुन् । (एजेन्सी)

प्रतिक्रिया