आगलागीमा एघार घर नष्ट

राजविराज, १७ चैत । सप्तरीको रामपुरा मल्हनीय–२ स्थित डलवामा ११ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा करिव ५० लाख बराबरको धनमाल क्षति भएको छ । शुक्रबार राति ईव्राहिम मियाँको घरमा खाना पकाउन वालिएको आगो फैलिँदा पाँच परिवारका ११ घर जलेका हुन् ।
आगलागीमा परेर ईव्राहिमका २, जीव्राहिमको १, ईस्लाम मियाँका ३, अयूव मियाँका ३ र नसमुल मियाँका २ गरी ११ वटा घर तथा ७ वटा वाख्रा जलेरको प्रहरीले जनाएको छ ।
स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया