त्रिविमा नेविसंघको धर्ना सातौं दिनमा

nepal student uniyanकाठमाडौं, १७ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा माग गरेर नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनशन आज सातौं दिनमा पुगेको छ ।
त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा जारी रिले अनशनका सहभागीले माग पुरा नहुँदा सम्म आन्दोलन यथावत रहने जनाएका छन् । उनीहरुले छिटो निर्वानको मिति घोषणा गरेर कार्यक्रम जारी गर्नुपर्ने जनाउँदै आएका छन् ।
कमर्स क्याम्पस मीनभवनका नेविसंघ अध्यक्ष सनत घिमिरेको नेतृत्वमा तारामणि रावल, सूर्य ढकाल महेन्द्र कार्की, वीरेन्द्र खत्रीलगायतका विद्यार्थी नेता रिले अनशनमा बसेका छन् ।

प्रतिक्रिया