झापा र नवलपरासी सेमिफाइनलमा

काठमाडौं : एन्फा टेक्निकल सेन्टर बुटवलको खेल मैदानमा सञ्चालन भइरहेको जिल्ला विकास सभापति कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा झापाले रूपन्देहीलाई ट्राइब्रेकरमा ३–२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा दुवै टिमको तर्फबाट १–१ गोल भएको थियो । झापाका लागि विनोद लोक्तान तथा रूपन्देहीका लागि रेजिन सुब्बाले गोल गरेका थिए ।
अर्को सेमिफाइनलमा नवलपरासीले कन्चनपुरलाई ७–० गोलले पराजित गरेको छ । नवलपरासीका लागि केशव कुमालले ५ गोल गरे भने सन्जु गुरुङ र आशीष चौधरीले एक–एक गोल गरेका थिए । (सौस)

प्रतिक्रिया