पुलिस क्लबको हार

rct-vs-npcकाठमाडौं, ५ चैत । नेपाल पुलिस क्लबले यस सत्रको रेडबुल ए डिभिजन लिगको सुरपर एट चरणमा पहिलो पराजयको सामना गरेको छ । आइतबार भएको खेलमा आरसिटीले पुलिस क्लबलाई १–० ले पराजित गर्‍यो । पहिलो हाफमा अमर डंगोलको गोलले पछि परेको पुलिस क्लबको खेलमा फर्कने हरेक प्रयास असफल भएका थिए । ३२आँै मिनेटमा डंगोलले डीबक्सबाट प्रहार गरेको पावरफुल सर्ट रोक्न पुलिसका गोलरक्षक रितेस थापा असफल भएका थिए । पुलिस क्लब मिडफिल्डमा हाबी भए पनि राम्रो फिनिसिङ गर्न असफल भएको थियो ।

१५औँ मिनेटमा जुमानु राईले एउटा राम्रो मौका गुमाए भने त्यसको दुई मिनेट पछि नै जुमानुको थ्रु पासलाई भेट्न भोला सिलवाल असफल भए । आइतबारको खेलपछि पुलिस क्लब उपाधिको होडबाट धेरै नै टाढा पुगेको छ । चार खेल बाँकी रहँदा शीर्ष स्थानको थ्री–स्टार क्लबको ३८ तथा पुलिस क्लबको २९ अंक छ । आरसिटीको पनि २९ अंक छ भने सुपर एटको पुछारमा रहेको नेपाल आर्मी क्लबको २८ अंक छ ।
सुपरएटमा प्रवेश पछि आरसिटीको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा मनाङ– मस्र्याङ्दीसँग पराजित आरसिटी दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग आरसिटीले पराजयको सामना गरेको थियो । सोमबार मच्छिन्द्र क्लब र नेपाल आर्मी क्लबका बीच खेल हुनेछ ।

प्रतिक्रिया