ब्याडमिन्टन अफिसियल प्रशिक्षण सुरु

काठमाडौ : काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा २० चैतदेखि आयोजना हुने ३६औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई ध्यानमा राख्दै पाँचदिने ब्याडमिन्टन अफिसियल (अम्पायर) प्रशिक्षण कोर्स आइतबार सुरु भयो ।
ब्याडमिन्टनका नयाँ नियमबारे पुनर्ताजगी (अपडेट) गर्ने र ब्याडमिन्टन खेललाई निष्पक्ष रूपमा अन्तर्राष्ट्रिय मान्यता र नियमअनुसार सञ्चालन गर्न कोर्सले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ, भक्तपुर, नेपाली सेना, नेपाल प्रहरी र एपिएफ क्लबका गरी ३० जना कोर्समा सहभागि छन् । सहभागिहरूलाई ब्याडमिन्टन एसिया
कन्फेडेरेसनका एग्रिगेटेड अम्पायर किरण कारञ्जित, उदय अर्याल र दीपक थापाले प्रशिक्षण प्रदान गरिरहेका छन् । उनीहरूलाई ब्याडमिन्टन एसिया
कन्फेडेरेसनबाट प्रशिक्षण प्राप्त अम्पायर अनुप शाक्य र ओमविक्रम रानाले सहयोग गरिरहेका छन् । (सौस)

प्रतिक्रिया